‘बेलायतमा दासप्रथा सोचिएभन्दा बढी’

Post Date : August 10, 2017 | 9:15 pm

लण्डन, २६ साउन । राष्ट्रिय अपराध अध्ययन गर्ने बेलायतको निकायले देशमा मानव बेचबिखन र आधुनिक दासप्रथा भनिने गरेभन्दा बढी रहेको जनाएको छ । उक्त संस्थाले मुलकभर ३०० प्रत्यक्ष प्रहरी अनुसन्धान भइरहेका पनि जनाएको छ ।

संस्थामा संलग्न अधिकारी विल केरले भन्नुभयो, “अनुसन्धान अधिकारीले १२ बर्षका बालबालिकासम्म पनि यौनजन्य शोषण वा बलपूर्वक श्रममा लगाइएका छन् ।” पीडितहरूलाई गाडी सफा गर्ने, निर्माण श्रमिक, वेश्यालय तथा लागु औषध निर्माण गर्ने उद्योगमा प्रयोग गरिने गरिएको उहाँले बताउनुभयो ।

यस पहिलेका अनुसन्धानमा सोचिएभन्दा मानव कारोबार निकै ठूलो सङ्ख्यामा रहेको बताउँदै बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा केरले पीडितमा दासताका सङ्केतहरू जस्तैः देख्न सकिने शारीरिक घाउ, अस्वस्थता तथा खिन्नता र अर्कोको नियन्त्रणमा रहेका भाव झल्किने लक्षणबाट मिल्ने दावी गर्नुभयो ।

उहाँले आफ्नो संस्थाले आधुनिक दासतालाई नियन्त्रण गर्न सामाजिक तथा सार्वजनिक सचेतनाका कार्यक्रमका अभियानहरू सञ्चालन गरेको बताउनुभयो । रासस/एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *