बेलायती राजकुमार नेपालमा

Post Date : March 25, 2016 | 9:55 am

बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी काठमाडौ आउनुभएको छ ।

नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको २ सय वर्ष भएको अवसरलाई स्मरणीय बनाउन बेलायती महारानीको प्रतिनिधिका रुपमा ३२ वर्षिय राजकुमार ह्यारी शनिबार अपरान्ह काठमाडौ आउनुभएको हो । कतार एयरवेजको विमानबाट नेपाल आएका बेलायती राजकुमार ह्यारीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले स्वागत गर्नुभयो । नेपालस्थित बेलायती दूतावासले राजकुमार ह्यारीलाई दूतावास परिसरमै बस्ने व्यवस्था मिलाएको छ । ३५ सदस्यीय टोलीको नेतृत्व गरेर नेपाल आएका बेलायती राजकुमार ह्यारी पाँच दिनसम्म नेपालमा रहनु हुनेछ । यसक्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बेलायती राजकुमार ह्यारीले भुकम्पबाट क्षतिग्रस्त भक्तपुर र ललितपुरका संरचनाको अवलोकन गर्ने तथा भुकम्प प्रभावितहरुलाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम पनि छ । बेलायती राजकुमार ह्यारी पोखरा र बर्दिया राष्ट्रिय निकुञ्ज जाने तथा उहाँले कान्ति बाल अस्पताल र सानोठिमी प्राविधिक शिक्षालयको अवलोकन गर्ने कार्यक्रम पनि तय गरिएको बेलायती दूतावासले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *