बेल्जियममा विस्फोट गराएको आशंकामा ६ जना पक्राउ

Post Date : March 28, 2016 | 5:02 am

एजेन्सी, १२ चैत । बेल्जियमको ब्रसेल्समा भएका शृङ्खलाबद्ध विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ परेका छन् । बेल्जियम प्रहरीले अभियुक्तहरुको खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेको जनाएको छ । पक्राउ परेकाहरुका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् । ब्रसेल्समा मंगलबार भएको हमलामा ३१ जनाको मृत्यु भएको थियो ।

यसैबीच फ्रान्सका अधिकारीहरुले पनि ब्रसेल्स हमलामा सम्बन्ध रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको जनाएको छ । ब्रसेल्स हमलालाई गत वर्ष नोभेम्बरमा पेरिसमा भएको हमलासँग जोडेर हेर्ने गरिएको छ । पेरिस र ब्रसेल्स हमलाको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *