‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ सबैका हितमा

Post Date : March 23, 2017 | 9:49 pm

काठमाडौँ, १० चैत । चीनले विश्व शान्ति र समृद्धिका लागि अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ विश्वका सबै मुलुकको हितमा रहेकाले त्यसमा आबद्ध हुन नेपाललाई चिनियाँ बौद्धिक समूहले आग्रह गरेको छ ।

चीन अध्ययन केन्द्रले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ विषयमा यहाँ आज आयोजना गरेको छलफलमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ जानकार बाङ यिभले गरिबी र विकासका व्यवधान अन्त्य गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त अवधारणा कार्यान्वयनमा जोड दिनुभएको बताउनुभयो ।

जल, स्थल र वायुमार्गबाट विश्वका सबै राष्ट्रलाई जोड्न तथा तेल र ग्यासका ‘पाइपलाइन’सँगै दूरसञ्चार सञ्जालमा तिनलाई आबद्ध गर्न सके अविकाश र पछौटेपनबाट निर्धन राष्ट्रलाई मुक्त गर्न सकिने बताउँदै उहाँले गरिबीले आतङ्कवाद सिर्जना गर्ने भएकाले त्यसलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट निमिट्यान्न पार्न सके विकासको मार्ग प्रशस्त हुन्थ्यो भन्नुभयो ।

कार्यक्रममा केन्द्रका कावा अध्यक्ष सुन्दरनाथ भट्टराई र ‘काठमाडौँ पोस्ट’का प्रधानसम्पादक अखिलेश उपाध्यायले बेल्ट एन्ड रोड इनिसिएटिभका औपचारिक दस्तावेजमा नेपालसँगको सांस्कृतिक सम्बन्ध, सीमापार व्यापार तथा ऊर्जा आपूर्तिजस्ता विषय उल्लेख भएकाले चीनको प्रस्तावित उक्त योजना कार्यान्वयन भएमा नेपाल लाभान्वित हुने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *