बैँक अफ काठमाण्डूद्वारा धुुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५ लाख सहयोग

Post Date : July 12, 2016 | 5:36 pm

काठमाडौं, २८ असार । सिर्जनात्मक अभियानहरुमा सहयोग पुरयाउँदै आएको बैँक अफ काठमाण्डूले भूकम्प पीडितहरुको आवास निर्माणमा सक्रिय रहेको धुुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५ लाख प्रदान गरेको छ ।

उक्त रकम आज बैंकको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री अजय श्रेष्ठले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष श्री सीताराम कट्टेललाई हस्तान्तरण गर्नुभयो ।

हास्य कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गिरान्चौरमा भूकम्प पीडितहरुका लागि एकीकृत नमूना बस्ती पुनःनिर्माण अन्तर्गत ६५ वटा घर बनाउने उद्देश्यले धुर्मुस–सुन्तली फाउण्डेसनको नाममा सहयोग संकलन गर्दै आएको छ । फाउण्डेसनले यसअघि काभ्रेमा २० वटा घर निर्माण गरी भूकम्प पीडितहरुलाई उपलब्ध गराएको थियो ।

सहायता उपलब्ध गराउँदै प्रमुख कार्यकारी अधिकृत श्री अजय श्रेष्ठले बैकिङ्ग सेवाका अतिरिक्त बैंक अफ काठमाण्डूले अन्य उपयोगी सामाजिक काममा पनि सहयोग पुरयाउँदै आएको र यसलाई भविष्यमा पनि निरन्तरता दिइनेछ भन्नुभयो । फाउण्डेसनका अध्यक्ष श्री सीताराम कट्टेलले उदार सहयोगका लागि बैंकप्रति आभार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *