बैंकर्स संघको अध्यक्षमा शाह निर्विरोध

Post Date : November 16, 2016 | 12:49 pm

काठमाडौँ, १ मंसिर । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल केशरी शाह निर्वाचित हुने भएका छन् । अध्यक्ष पदका लागि शाहको मात्र उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । संघमा उनको कार्यकाल दुई वर्ष हुनेछ ।

मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह हाल संघमा वरिष्ठ उपाध्यक्ष छन् । संघको आज (बुधवार) हुने ३० औं वार्षिक साधारण सभापछि शाह औपचारिक रुपमा अध्यक्ष हुनेछन् । शाह वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष भएपछि हाल उपाध्यक्ष रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन वरिष्ठ उपाध्यक्ष हुनेछन् । किशोर महर्जन वरिष्ठ उपाध्यक्ष भएपछि खालि हुने उपाध्यक्षमा भने नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन हुने भएका छन् ।

संघमा एक वर्ष अध्यक्ष र अर्को वर्ष कार्यसमितिको निर्वाचन गर्ने प्रावधान छ । संघमा बरिष्ठ उपाध्यक्ष सिधै अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *