बैंकले ऋण मिनाह गर्दा राहत

Post Date : November 8, 2016 | 2:41 pm

पाल्पा, २३ कात्तिक । बन्दीपोखरा गाविस–४, तिलाहारका सोमबहादुर सुनारलाई श्रीमतीको निधनले शोकमा डुबेका बेला बैंकले ऋण मिनाह गरेपछि राहत मिलेको छ ।

सुनारकी पत्नी मनिसरा ५५ वर्षको उमेरमा मिर्गौलाको रोगबाट ग्रस्त हुनुभएको थियो । उहाँको उपचारमा रु एक लाखभन्दा बढी खर्च गरेर पनि बचाउन नसकिएपछि घरपरिवार चिन्तित बनेको थियो ।

“श्रीमतीले भैँसीपालन व्यवसायका लागि बैंंकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता थियो”, सोमबहादुरले भन्नुभयो – “बैंकले घरमै आएर ऋण मिनाह गरिदिँदा राहत मिलेको छ ।” जनउत्थान सामुदायिक लघु बंैक पाल्पा शाखाबाट मनिसराले भैँसीपालन व्यवसायका लागि रु ४० हजार ऋण लिनुभएको थियो ।

शाखाका प्रमुख टोपेन्द्र विश्वकर्माले बैंकले रु २३ हजार ऋण मिनाह गरेको बताउनुभयो । बैंकमा जम्मा गरेको बचत रकम निजको हकवाला वा नजिकको व्यक्तिलाई प्रदान गर्ने व्यवस्था छ । बैंकले ठूरो रोग लागेका सदस्यलाई उपचार खर्च र प्राकृतिक प्रकोप तथा जङ्गली जनावरको आक्रमणमा परी घाइते भएमा उपचार खर्चस्वरुप सहयोग गर्दै आएको उहाँले बताउनुभयो । रासस (Photo: http://www.shreenagarfm.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *