बैंकले कर्जा दिंदा कर भुक्तानीलाई समेत अाधार बनाउनु पर्ने

Post Date : May 31, 2016 | 1:14 pm

काठमाडौं । सरकारले ल्याएको आ.व. २०७३/७४ को बजेटमा बैंक तथा वित्तीय संस्थाले कर्जा दिंदा करदाताले दाखिला गरेको वित्तीय विवरण र कर भुक्तानी रकमलाई आधार बनाउनु पर्ने घोषणा गरेको छ । यो व्यवस्था संस्था र व्यक्ति दुवैलाई लागू हुनेछ । अहिले विशेष गरी व्यवसायीले कर कार्यालयमा घाटा भएको विवरण र बैंकमा नाफा भएको कारोवार विवरण पेश गर्ने गरेको पाइएको छ । फरक विवरण पेश गर्नेलाई बैंकिङ्ग कसुर तथा करछलीमा कारवाही हुनेछ भने कम रकम बढी कारोवार देखाएर बैंकमा कर्जा लिंदा बैंकिङ्ग कसुर सजाय हुनेछ । त्यस्तै बढी कारोवार हुने तर कम रकम तिरेको विवरण पेश गर्दा करछलीमा कारवाही हुनेछ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेटमा कर प्रणाली स्वच्छता र राजस्व चुहावट नियन्त्रणका लागि बैंकहरुले कर्जा प्रवाह गर्दा कर विवरणलाई आधार बनाउनु पर्ने घोषणा गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *