बैंकहरुले प्रति युएसडलर ३० पैसा क्यास ह्यान्डलिङ चार्ज लिन पाउने

Post Date : January 30, 2017 | 4:44 pm

काठमाडौँ, १७ माघ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि अमेरिकी नगद डलर आयात गर्दा वा बिक्री गर्दा क्यास ह्यान्डलिङ चार्ज लिन पाउने व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरुसँग नगद डलरको अभाव देखिएकोले त्यस अभावलाई हटाउन र अमेरिकी डलरको नियमित आपूर्तीलाई सहज बनाउन यस्तो व्यवस्था लागु गर्न निर्देशन दिएको छ । अब वाणिज्य बैंकहरुले आफै नगद डलर आयात गरी बिक्री गर्न सक्नेछन् । यसरी नगद अमेरीकी डलर अयात गर्दा सुकिलो (फे्रस) नोट मात्र आयात गरी बिक्री गर्नुपर्छ ।

वाणिज्य बैंकहरुले ग्राहकवर्गलाई अमेरीकी डलर बिक्री गर्दा एक अमेरीकी नगद डलर बिक्री गर्दा अधिकतम ३० पैसा क्यास ह्यान्डलिङ चार्ज वापत लिन सक्नेछन् । तर यस्तो डलर माग गर्न आउने ग्राहकलाई सकेसम्म बैंकिङ उपकरण (कार्ड) मार्फत सटही गरीदिन प्रोत्साहित गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *