बैंकहरूले कार्गो गरेर डलर अभाव कम गर्ने

Post Date : August 24, 2016 | 6:53 pm

काठमाडौं, ८ भदौ । नबिल बैंक, नेपाल ईन्भेष्टमेण्ट बैंक, स्टान्डर्ड चार्टर बैंक नेपाल र हिमालयन बैंकले अमेरिकी डलरको अभाव कम गर्न कार्गो गरेर डलर नेपाल ल्याउने गृह कार्यमा जुटेका छन् ।

विदेश जाने अधिकांश व्यक्तिले नगद डलरकै माग गर्न थाले पछि डलर अभाव भएकाले ४ बैंकले विदेशबाट डलर ल्याउन आफ्नो डलर शाखा भएका विदेशी बैंकसँग कुरा भइरहेको जनाएको छ ।

बैंकहरुले अन्तर्राष्ट्रिय व्यापारका लागि खोलिने प्रतितपत्र फरवार्ड कन्ट्राक्टको लागि अमेरिकी डलरको विदेशी बैंकमा खाता खोलेर राख्न पाउने व्यवस्था छ । बैंकहरुले यसरी विदेशबाट कार्गो गरेर डलर ल्याउँदा यहाँको विनियम दर अनुसार कारोवार गर्दा सम्भाव्य हुन्छ कि हुँदैन त्यो भने बैंकहरुले आफैले हेर्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *