बैंक अफ काठमाण्डूको एफपिओ मूल्य ३ सय १० रुपैयाँ निर्धारण

Post Date : May 15, 2017 | 9:08 am

काठमाडौँ, १ जेठ । बैंक अफ काठमाण्डूले संस्थापक शेयरधनीहरूको लागि जारी गर्न लागेको एफपिओ (फर्दर पब्लिक अफरिङ) को दर एकसय रुपैयाँ अंकित मूल्य तथा दुईसय दश रुपैयाँ प्रिमियमसहित तीनसय दश रुपैयाँ कायम हुने भएको छ । बैंकले संस्थापक शेयरधनीका लागि ६१ लाख ५८ हजार ६७ कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो ।

बैंकले आफ्नो पूँजी संरचनामा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयरको अनुपात कायम गर्न एफपिओ ल्याउन लागेको हो ।

एफपिओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजीमा ६१ करोड ५८ लाख रुपैयाँ थप भई चुक्ता पूँजी ६ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै प्रिमियमबाट आउने १ अर्ब २९ करोड रुपैयाँ भने बैंकको जगेडा कोषमा जम्मा हुनेछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *