बैंक अफ काठमाण्डूको खुद मुनाफा ८८ करोड ६७ लाख रुपैयाँ

Post Date : May 5, 2017 | 9:05 am

काठमाडौँ, २२ वैशाख । बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा ७० अर्ब ६७ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन र ६२ अर्ब ७४ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरी ८८ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यसै अवधिमा निस्क्रिय कर्जा १.८६ प्रतिशत र कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ३ करोड ६७ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *