बैंक अफ काठमाण्डूको ८ वटा विभिन्न स्थानहरुबाट शाखा रहित बैकिङ्ग सेवा

Post Date : July 1, 2016 | 1:45 pm

काठमाडौं, १७ असार । बैंक अफ काठमाण्डू लिमिटेडले एकै साथ ८ वटा स्थानहरुबाट शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यसरी शाखा रहित बैकिङ्ग सेवा सुरु गरिएका स्थानहरुमा कैलाली जिल्लाको प्रतापपुर–२, प्युठान जिल्लाको बाङ्गेसाल–७ र ढुङ्गेगढी–३, दाङ्ग जिल्लाको सिसनीया–५, बर्दिया जिल्लाको पाताभार–९ र मनाउ–५, नवलपरासी जिल्लाको तिलकपुर–६ र रुपन्देही जिल्लाको सिक्टन–६ रहेका छन् ।

उपरोक्त स्थानहरुमा खोलिएका शाखा रहित बैकिङ्ग सेवाको समुद्घाटन विभिन्न कार्यक्रमको आयोजनामा गरिएको थियो ।

बैंकले यी ८ स्थानहरु बाहेक विभिन्न थप स्थानहरुमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । हालसम्म बैंकले ३३ स्थानहरुबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । युकेएड अन्तर्गत सक्षम कार्यक्रमले आफ्नो वित्तीय पहुँच कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई बैंकिङ्ग कारोबारमा सहभागी गराउने उद्देश्यले बैंक अफ काठमाण्डू लि. को सक्रियतामा २४ वटा विभिन्न ठाउँमा शाखा रहित सेवा केन्द्रको स्थापना गर्न सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *