बैंक अफ काठमाण्डू लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न

Post Date : May 30, 2016 | 4:44 pm

काठमाडाैं, १७ जेठ । बैंक अफ काठमाण्डू लिमिटेडको २१ औं वार्षिक साधारण सभा आज २०७३ साल जेष्ठ १७ गते सम्पन्न भयो । उक्त सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि १.३६८४२११ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्तावलाई पनि पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७१/७२ मा रु १३ करोड १६ लाख संचालन मुनाफा र रु ३३ करोड ४६ लाख खूद मुनाफा आर्जन गरेको छ ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्नुहुदैँ बैंकका अध्यक्ष श्री सत्य नारायण मानन्धर ज्यूले गत वर्षको तुलनामा आर्थिक वर्ष २०७१/७२ मा बैंकको कुल कर्जा करीब १५.६६ प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ३९ करोड पुगेको तथा निक्षेप १५.६५ प्रतिशतले वृद्धि भई रु ३९ अर्ब ४६ करोड पुगेको उद्घोष गर्नु भयो ।

बैंकको यस वार्षिक साधारण सभाले बैंक अफ काठमाण्डू लि. र लुम्बिनी बैकं लि. एक आपसमा गाभिएर बैंकको नाम “बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड” राखिने विशेष प्रस्तावहरु पनि पारित गरेको छ । साथै, यसैका निमित्त लुम्बिनी बैकं लि. को १ कित्ता शेयर बराबर बैंक अफ काठमाण्डू लि. को ०.८२८१ कित्ता दिइने शेयर सट्टा (स्वाप) अनुपात सम्बन्धि प्रस्तुत गरिएको विशेष प्रस्ताव पनि पारित गरेको छ ।

हालसम्म यस बैंकले ५६ शाखा, ५७ ए.टि.एम. तथा ७ एक्स्टेन्शन काउन्टर संचालनमा ल्याइसकेको छ । साथै, बैंकले आधुनिक बैंकिङ्ग प्रविधि प्रयोग गरी आधिकारिक एजेन्ट मार्फत शाखारहित बैकिङ्ग सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *