बैंक अफ काठमाण्डू लुम्बिनी र बुम रेमिट्यान्स बिच सम्झौता

Post Date : November 28, 2016 | 2:49 pm

काठमाडौँ, १३ मङ्सिर । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडका प्रमुख रिसर्च, प्रोडक्ट डेभलपमेण्ट तथा मार्केटिङ रिनेश लामिछाने र बुम रेमिट्यान्स का प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि बुम रेमिट्यान्स मार्फत नेपालीले विदेशबाट पठाएको रकम (पिप्रेषण) बैंक अफ काठमाण्डू लुम्बिनीका सबै शाखा मार्फत भुक्तानी गर्नुका साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विपे्रषण (पठाउने तथा भुक्तानी गर्ने) गरिनेछ ।
बुम रेमिट्यान्स नेपालमा ७५ वटै जिल्लामा ३ हजार ३ सय वटा भन्दा बढी प्रतिनिधि छन् ।

हाल बुम रेमिट्यान्स माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्स कारोवार गर्दै आएकोमा चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानाडा, अष्ट्रेलिया, युरोप, इजरालय, भारत र अमेरिकाबाट कारोवार शुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *