बैंक अफ काठमाण्डू लुम्बिनीले २३ प्रतिशत बोनस सेयर दिने

Post Date : December 18, 2016 | 1:01 pm

काठमाडौँ, ३ पुस । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई २३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृति दिएपछि वितरण गरिने बैंकले जनाएको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आ.व. २०७२/७३ मा ६५ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच गत असार २९ गते मर्जर भएकोमा लुम्बिनी बैंकले मुनाफा गरेका ३६ करोड ४८ लाख रुपैयाँ भने बैंकको जगेडा कोषमा राखिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *