बैंक अफ काठमाण्डू लुम्बिनीले संस्थापक सेयर बिक्री गर्ने

Post Date : January 4, 2017 | 3:23 pm

काठमाडौँ, २० पुस । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले संस्थापक सेयर ५१ प्रतिशत पुरयाउन करिब ६२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ । बैंकमा हाल संस्थापक सेयरको अनुपात करिब ४६ प्रतिशत रहेको छ । संस्थापक सेयर कम्तीमा पनि ५१ प्रतिशत हुने प्रावधान रहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी लिमिटेड मर्ज हुँदा नेपाल राष्ट्र बैंकले संस्थापक सेयर र साधारण सेयरको अनुपात ५१ र ४९ प्रतिशत कायम गर्न दिएको निर्देशन अनुसार बैंक अफ काठमाण्डू लुम्बिनीले नयाँ संस्थापक सेयर निष्काशनको तयारी गरिरहेको जनाएको छ ।

बैंकको हाल ४ अर्ब ५७ करोड ६८ लाख ९१ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको २३ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पूँजी ५ अर्ब ६२ करोड ९५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ६९ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन र ६१ अर्ब ४७ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २७ करोड ९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *