बैंक अफ काठमाण्डू लुम्बिनीले २३ प्रतिशत बोनस शेयर दिने

Post Date : March 1, 2017 | 1:30 pm

काठमाडौँ, १८ फागुन । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चुक्ता पूँजीको २३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बैंकको संस्थापक शेयरधनीको स्वामित्व कम्तीमा ५१ प्रतिशत पुरयाउनु पर्ने राष्ट्र बैंकको शर्त बमोजिम ६२ लाख ८ हजार १ सय ३२ कित्तासम्म प्रिमियम दरमा शेयर निष्काशन समेत गर्ने भएको छ । बैंकले बोनस शेयर र ५१ प्रतिशत संस्थापक शेयर पुरयाउनु पर्ने प्रस्ताव बैंकको २०७३ चैत ३ गते, बिहीबार बस्ने २२ औँ वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म ६७ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन र ५८ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरी ६५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

त्यस्तै बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा ७० अर्ब ७ लाख रुपैयाँ निक्षेप संकलन र ६२ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ६० करोड १४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै बैंकको निस्क्रिय कर्जा १ दशमलब ५१ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८ दशमलब ९७ प्रतिशत रहेको छ ।

हाल बैंकको ७४ शाखा, ६२ एटिएम र ७ एक्स्टेन्सन काउण्टरबाट बैंकिङ सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *