बैंक तथा वित्तीय संस्थालाई सूचना अधिकारी नियुक्त गर्न निर्देशन

Post Date : May 22, 2016 | 10:59 am

नेपाल राष्ट्र बैंकले तत्काल सूचना अधिकारी नियुक्त गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले २०७० साल फागुनमा नै सूचना अधिकृत नियुक्त गर्न निर्देशन दिइसकेको थियो ।

बैंकहरूले जारी गरेको सूचना पनि लिपीबद्ध नगरेको, अख्तियारले ग्राहकको खाता रोक्का गर्दा जानकारी नदिने गरेको, एलसी खोल्ने विषयमा पनि पर्याप्त जानकारी नदिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

राष्ट्रिय सूचना आयोगका अनुसार हरेक ३ महिनामा बैंक तथा वित्तीय संस्थाले २० वटा शीर्षकमा सूचना जारी गर्नु पर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *