बैंक पुनःस्थापना नहुँदा सास्ती

Post Date : June 16, 2017 | 3:53 pm

बैतडी, २ असार । पुरचौँडी नगरपालिकामा द्वन्द्वकालमा विस्थापित भएका बैंक पुनःस्थापना नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ ।

द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको शाखा बन्द गरिएका थिए । शान्ति स्थापना भएको एकदशक पूरा भए पनि बैंक पुनःस्थापना नहुँदा सास्ती खेप्नु परिरहेको पुरचौँडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले बताउनुभयो ।

बैंक पुनःस्थापना नहुँदा बैंकिङ कारोबारका लागि स्थानीयवासीले सदरमुकाम गोठलापानी धाउनुपर्ने बाध्यता छ । दशवटा गाविस मिलाएर पुरचौंँडी नगरपालिका घोषणा गरिएको थियो । बैंक नहुँदा सो क्षेत्रमा रहेका क्याम्पस तथा अन्य शैक्षिक संस्थालाई बंैकिङ कारोबार गर्न समस्या भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *