बैंक सञ्चालक र संसद छुट्टयाउन जोड

Post Date : May 25, 2016 | 2:06 pm

काठमाडौं–बैंक सञ्चालक र सांसद छुट्ट्याउने पर्ने आवाज उठ्न थालेको छ । बैंक सञ्चालक र सांसद एउटै व्यक्ति हुँदा आफू अनुकूल नीति निर्माण गर्ने भएकाले छुट्ट्याउनु जरुरी भएको विज्ञहरुको भनाइ छ।

सांसद बैंक सञ्चालकहरुको दबाबमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकको मस्यौदामा प्रस्ताव गरे विपरीत बैंक तथा वित्तीय संस्थामा सञ्चालक र अध्यक्षको कार्यकालको सीमा हटाइएको छ । संसदको अर्थ समितिमा मंगलबार सांसद दिपकप्रसाद कुँइकेल नेतृत्वको सात सदस्यीय उपसमितिले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७२’ को प्रतिवेदन बुझाउँदै कार्यकाल हटाएको हो । मंगलबार समितिबाट पारित गराएर जेठ १३ गते पूर्ण सदनमा प्रस्तुत गर्ने तयारी गरिएको बाफिया विधेयक सांसद मोहन बरालले पढ्नका लागि माग गरेका कारण बुधबार बस्ने समितिको बैठकले पारित गर्ने बताइएको छ ।

<थप जानकारीको लागि>

Leave a Reply

Your email address will not be published. Required fields are marked *