ब्राजिलको मासु १४ देशमा बन्देज

Post Date : March 30, 2017 | 6:15 pm

रियो दि जेनेरियो, १७ चैत । ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताउनु भएको छ ।

ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको उहाँले बुधबार बताउनु भयो ।

उहाँका अनुसार अल्जेरिया, बाहामास, मेक्सिको, मोरोक्को, कतार, जिम्बाबे लगायतले ब्राजिलको मासु आयातमा पूर्ण रुपमा निषेध गरेका छन् ।

त्यस्तै जापान, स्विजरल्याण्ड, भियतनाम, युरोपेली सङ्घ, दक्षिण अफ्रिका, युएइ, साउदी अरव, क्यानडा र पेरुले ब्राजिलको मासु निर्यात संवन्धी विवादित कम्पनीहरुको मासु आयात नगर्ने निर्णय कायमै राखेका छन् ।

केही समय अगाडी ब्राजिलका केही कम्पनीहरुले म्याद गुज्रिएका र खान नहुने मासु निर्यात गरेको भेटिएपछि ती देशहरुले मासु आयातमा बन्देज लगाएका हुन् ।

ब्राजिलका मासु निर्यात गर्ने २१ ओटा कम्पनीहरुले कृषी मन्त्रालयका अधिकारीहरुलाई ठुलो मात्रामा घुष खुवाएर मासु परिक्षणमा आखा चिम्लीने गराएका थिए ।

उनीहरुले पर्याप्त परिक्षण नगरी मासु निर्यात गरेकाले निर्यात गरिएको मासुको प्याकेटमा खान नहुने मासु भेटिएपछि अहिले सम्म पनि मासु निर्यातमा बन्देज भएको हो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *