भक्तपुरको ठिमीमा नेपाल बैंकको एटिएम सेवा

Post Date : May 31, 2016 | 1:03 pm

काठमाडौं । नेपाल बैंक लिमिटेडले भक्तपुरको ठिमीमा एटिएम सेवा संचालनमा ल्याएको छ । उक्त एटिएम सेवाको उद्घाटन बैंकका संचालक सुरेन्द्र बहादुर सिंह तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले संयुक्त रुपमा गर्नु भएको थियो । ग्राहकवर्गलाई आधुनिक एवं स्तरीय सेवा दिने उद्देश्यले एटिएम सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा थप १५ स्थानमा एटिएम सेवा संचालनमा ल्याउने तयारी गरिरहेको समेत जनाएको छ ।

बैंकले चालु आ.व.को चैत मसान्तसम्म ८२ अर्ब ६३ करोड रुपैया निक्षेप संकलन र ५९ अर्ब ८२ करोड रुपैया कर्जा प्रवाह गरी १ अर्ब ६४ करोड २७ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *