भक्तपुरको बिस्केट जात्रा आजबाट शुरु

Post Date : April 10, 2016 | 6:51 am

ऐतिहासिक र धार्मिक महत्व बोेकेको भक्तपुरको बिस्केट जात्रा आजबाट शुरु भएको छ । बिहानै गणेश कर्माचार्यबाट भैरवनाथको पूजा गरी टोलटोलको पूजा गरिएको छ । साँझ पाँचतल्ले मन्दिर अगाडी राखिएको भैरवनाथको रथ तानेर साँझबाट जात्रा औपचारिक रुपमा शुरु गर्ने चलन छ ।

जात्रामा टोल टोलबीच प्रतिष्ठाका लागि रथलाई आ–आफ्नो पक्षमा राख्न होडबाजी चल्ने गर्दछ । वैशाख संक्रान्तिको अवसरमा मनाउने बिस्केट जात्रा आठ दिनसम्म चल्दछ । नेवार समुदायले मनाउने तीस भन्दा बढी जात्रा पर्व मध्ये वैशाख संक्रान्तिको उपलक्ष्यमा बिस्केट जात्रा मनाइन्छ । यो जात्रा विक्रम सम्वत्को नयाँ वर्षलाई स्वागत गरी मनाइन्छ ।

भक्तपुरका विभिन्न पुराना नेवार बस्ती, काठमाडौंको टोखा र काभे्र जिल्लाको खरपुमा समेत बिस्केट जात्रा मनाउने चलन छ । बिस्केट जात्रा र यसको नामांकरण सर्प मारेको किवदन्तीमा आधारित छ । विश्व यात्रा शब्द अपभ्रंश भएर बिस्का जात्रा हुँदै बिस्केट जात्रा भएको विश्वास गरिन्छ । ग्रह, नक्षत्र तथा राशीमा आधारित यो जात्रा, मीन राशीबाट मेश राशीमा प्रवेश गरेको समयान्तर अर्थात् चैत मसान्तदेखि शुरु भएर वैशाखको पहिलो हप्तासम्म मनाइन्छ ।

जात्रामा हुनसक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी भक्तपुरको सुरक्षामा कडाई गरिएको प्रहरीले जनाएको छ । विभिन्न चोक तथा गल्लीमा सिसी क्यामेरा जडान गरिएको छ । भूकम्पका कारण भौतिक संरचना भत्केर रथा यात्रा गर्ने बाटोमा अबरोध सृजना भएकाले यस वर्ष जात्राको रुट छोट्टयाइएको छ ।

यस्तै, बोडेमा हुने सिन्दुरे जात्रामा यस पटक पनि जुजुभाई बासँ श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन् । उनले आठौं पटक जिब्रो छेड्न लाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *