भक्तपुरको सुडालमा एनएमबी बैंकको शाखारहित बैंकिङ सेवा

Post Date : March 4, 2017 | 8:06 am

काठमाडौँ, २१ फागुन । एनएमबी बैंकले भक्तपुरको सुडाल गाविसमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्दै बैंकका पमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले पिओटी मेसिन स्थानीय प्रतिनिधि केशव न्यौपानेलाई हस्तान्तरण गरेको जनाइएको छ ।

पिओटी मेसिनबाट डेबिट र क्रेडिट कार्डका साथै औंठाको छापको प्रयोग गरी नगद जम्मा तथा झिक्न सकिनेछ भने युटिलिटी बिल पेमेन्ट गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *