भारतमा घरले च्यापेर चार जनाको मृत्यु

Post Date : February 2, 2017 | 3:49 pm

नयाँदिल्ली, १९ माघ । निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ ।

उत्तर प्रदेश राज्यको कानपुरमा आवासीय भवन बनाउने क्रममा लडेर उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । चार जना मजदुरको मृत्यु भएको छ भने अन्य १७ जनालाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय उच्च अधिकारी कौशल राजले एएफपीलाई टेलिफोनमा जानकारी दिनुभयो ।

भारतका गृहमन्त्री राजनाथ सिंहले ट्वीटरमार्फत मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ । उहाँले ट्वीटरमा थप लेख्नुभएको छ, “घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *