भारी हिमपातबाट डोल्पाको जुफाल विमानस्थल ठप्प

Post Date : March 10, 2017 | 8:51 pm

दुनै (डोल्पा), २७ फागुन । भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ ।

आज बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ । विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ । अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ ।

यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका लागि समस्या उत्पन्न भएको छ । त्यस्तै दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ । भारी वर्षात्का कारण उक्त विमानस्थलमा बिहीबार पनि उडान/अवतरण हुन सकेको थिएन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *