भार्गव विकास बैंकको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन

Post Date : February 18, 2017 | 11:07 am

काठमाडौँ, ७ फागुन । भार्गव विकास बैंकले २०७३ फागुन ११ गतेसम्म कायम शेयरधनीहरू मात्रलाई प्रति साधारण शेयर १ सय रुपैयाँ अंकित १२ लाख कित्ता हकप्रद शेयर २०७३ फागुन २४ गतेदेखि २०७३ चैत २८ गतेसम्म बिक्री गर्ने भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तसम्म १ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ करोड ८० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निष्क्रीय कर्जा शून्य दशमलब ४२ प्रतिशत छ भने कर्जा/निक्षेप अनुपात ७५ दशमलब ४२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *