भार्गव विकास बैंक र एनएमबी क्यापिटलबीच सम्झौता

Post Date : June 23, 2017 | 3:16 pm

काठमाडौँ, ९ असार । नेपालगञ्जमा प्रधान कार्यालय रहेको भार्गव विकास बैंक र एनएमबी क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश अधिकारीले हस्ताक्षर गर्नु भएको छ । भार्गव विकास बैंकले रु.१००।– अंकित दरका २१ लाख १२ हजार कित्ता बराबर २१ करोड १२ लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्म १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ४४ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी १४ करोड ४० लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *