भिबोर र बुमबीच सम्झौता

Post Date : October 18, 2016 | 12:05 pm

काठमाडौं, २ कार्तिक । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र बुम रेमिट्यान्स प्रा.लि. बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि बुम रेमिट्यान्समार्फत विदेशबाट नेपालीले पठाएको रकम भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका ४२ वटा शाखा र १ एक्सटेन्सन काउण्टरबाट ग्राहकवर्गलाई भुक्तानी दिइनेछ ।

हाल बुम रेमिट्यान्सले खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएकोमा अब चाँडै कोरिया, मलेसिया, जापान, क्यानाडा, अष्ट्रेलिया, यूरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *