भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार सुरु हुने

Post Date : August 27, 2016 | 6:26 pm

काठमाडौं, ११ भदौ । भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार भदौ महिनाको अन्तिम हप्ताबाट हुने भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिइसकेको छ । यी दुवै बैंक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोवार हुने जनाइएको छ ।

मर्ज भएपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैया हुनेछ । मर्ज भएपछि बैंकको अध्यक्षमा सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा भिबोर विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *