भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय Best Enterprise पुरस्कार

Post Date : January 4, 2017 | 3:08 pm

काठमाडौँ, २० पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडलाई हालसालै अन्तर्राष्ट्रिय Summit of Leaders-2016, Socrates Award Ceremony अक्सफोर्ड, लण्डनमा अन्तर्राष्ट्रिय Best Enterprise Award बाट सम्मानित गरिएको छ । उक्त पुरस्कार Europe Business Assembly (EBA) द्वारा प्रदान गरिएको हो । साथै EBA ले उक्त डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई MANAGER OF THE YEAR समेत घोषणा गरेको छ । भिबोर सोसाइटीलाई बैंक तथा वित्तीय क्षेत्रमा कुशल व्यवस्थापनबाट राष्ट्रका पहाडदेखि तराई र पूर्वदेखि पश्चिमसम्म शाखा सञ्जाल मार्फत सर्वसाधारण जनतासम्म वित्तीय पहुँच पुरयाउन विशेष योगदान गरेको, जस्तो सुकै वित्तीय अप्ठेरो परिस्थितिलाई समेत सजिलै व्यवस्थापन गरी आफ्ना ग्राहकको हितमा कार्य गर्न सफल रहेको, साथै सफल बजार रणनीतिद्वारा आफूलाई बलियो रुपमा उभ्याउन सफल भई आजको ठूलो डेभलपमेन्ट बैंकको रुपमा स्थापित हुन सफल रहेको अनि उच्च योग्यताका कर्मचारीहरुको समूह रही व्यवस्थापन गर्न सफल भएको आदि कारणहरुलाई समेटी उत्कृष्ट घोषित गरिएको हो । Europe Business Assembly एक ६० भन्दा बढी देशहरु सदस्य र साझेदार रहेको युरोपियन संस्था हो । उक्त पुरस्कार ग्रहण गर्न लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालको उपस्थिति रहेको थियो । साथै प्रमुख कार्यकारी अधिकृत खनालले उक्त EBA सभामा बैंकको सम्बन्धमा “सफलताको कथा” प्रस्तुत गर्नु भएको थियो ।

हालसम्म विकास बैंकहरुमा देशकै ठूलो चुक्ता पूँजी तथा ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर सहित बृहत सञ्जाल भएको यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी रु १.८२ अर्ब रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *