भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको शाखा विस्तार

Post Date : January 24, 2017 | 3:24 pm

कास्की, ११ माघ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले कास्की जिल्लाको लेखनाथ नगरपालिका–१३, राजाका चौतारामा शाखा विस्तार गरेको छ । यो बैंकको ४४ औँ शाखा हो ।

बैंकले ग्रामीण भेगमा रहेका जनतामा सरल, सहज बैंकिङ पहुँचको उद्देश्यले संचालनमा ल्याएको जनाएको छ ।

बैंकले आफ्ना शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा प्रदान गर्दै आएको छ ।

हाल बैंकका ४४ वटा शाखा, एउटा एक्सटेन्सन काउण्टर र १२ वटा एटिएम पुगेको छ ।

बैंकले चालु आ.व.को दोस्रो त्रैमासमा ११ करोड २३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *