भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता तथा कम्प्युटर हस्तान्तरण कार्यक्रम

Post Date : March 20, 2017 | 6:28 pm

चितवन, ७ चैत । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको देवघाटमा रहेको बज्रयोगिनी माध्यमिक विद्यालयमा यहि चैत्र ४ गते शुक्रबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट सो विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावकहरु तथा त्यस भेगका बासिन्दाहरुले बैंकले गर्ने कार्य तथा प्रदान गरिने सेवा सुविधाहरु बारे जानकारी प्राप्त गरि लाभान्वित भएका छन् । सोही कार्यक्रममा बैंकले उक्त विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि एवं भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले उक्त कम्प्युटरहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै यस प्रकारका सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको बताउनुभयो । बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालय एवं असहाय बालबालिकाका लागि सरसहयोग प्रदान गर्दै आइरहेकोमा यस क्रमलाई भविष्यमा पनि निरन्तरता दिइने जानकारी विज्ञप्तीमार्फत जनाइएको छ ।

सोही अवसरमा पद्म जगत स्मृति प्रतिष्ठानका तर्फबाट ती विद्यालयका विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापका लागि फुटबल, चेस, भलिबल, बास्केटबल लगायतका खेलकुदका सामग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *