भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको शाखा देवीनगर बुटवलमा

Post Date : May 28, 2017 | 12:41 pm

बुटवल, १४ जेठ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले २०७४ जेठ १२ गते रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफ्नो ४५ औं शाखा कार्यालयको बिधिवत् शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गर्नुभयो । उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष सुशिल राज पराजुलीले गर्नु भयो भने स्वागत मन्तब्य प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले गर्नुभयो । त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहुँचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

बैंकले आफ्नो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Locker, Mobile Banking लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफनो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको समेत जनाएको छ । बैंकको कुल ४५ वटा शाखा सञ्जालहरु र १२ वटा ATM बाट आफना बैकिङ्ग सेवा प्रदान गर्दे आएको पनि प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *