भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नारायणगढ शाखा स्थानान्तरण

Post Date : October 7, 2016 | 3:38 pm

काठमाडौं, २१ असोज । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले नारायणगढस्थित पुरानो बजार क्षेत्रमा रहेको शाखालाई नारायणगढकै लायन्स चोकमा स्थानान्तरण गरेको छ ।

स्थानान्तरित शाखाको उद्घाटन बैंकका अध्यक्ष सुशीलराज पराजुलीले गर्नु भएको छ ।

बैंकको शाखा सञ्जाल ४३, एक्सटेन्सन काउण्टर १ पुगेको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैया रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *