भिबोर सोसाइटी र लुम्बिनी फाइनान्सबीच मर्जर सम्झौता

Post Date : February 7, 2017 | 1:06 pm

काठमाडौँ, २५ माघ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी एकआपसमा गाभिने भएका छन् । गाभिने सम्बन्धी समझदारी पत्रमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलराज पराजुली र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीका अध्यक्ष चिन्तामणी भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।

मर्जरपछि बन्ने बैंकको नाम लुम्बिनी विकास बैंक लिमिटेड रहनेछ भने अध्यक्षमा भिबोर सोसाइटीका हालका अध्यक्ष सुशीलराज पराजुली रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा भिबोर सोसाइटीका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल नै रहनेछन् ।

गाभिएपछि बन्ने विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड रुपैयाँ, निक्षेप १७ अर्ब रुपैयाँ, कर्जा १५ अर्ब रुपैयाँ र शाखा संख्या ४९ पुग्ने जनाएको छ ।

साथै नेपाल राष्ट्र बैंकबाट जारी मर्जर सम्बन्धी व्यवस्था बमोजिम डिडिए अनुसार शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *