भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुमन्ती बीच सझौता

Post Date : December 5, 2016 | 4:35 pm

काठमाडौँ, २० मङ्सिर । भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुमन्ती सपोर्ट ग्रुप फर सेल्टरबीच विपन्न परिवारलाई न्युन लागतमा आवास कर्जा प्रवाह गर्ने सम्बन्धी सझौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल र लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धरले हस्ताक्षर गर्नु भएको छ । सम्झौता बमोजिम भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले लुमन्तीले कार्यक्रम संचालन गरेको क्षेत्रमा न्युन आय भएका तथा बैंकिङ्ग क्षेत्रबाट टाढा रहेका विपन्न परिवारलाई अधिकतम ४ लाख रुपैयाँसम्म सहुलियत कर्जा सुविधा उपलब्ध गराउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *