भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारणसभा सम्पन्न

Post Date : May 11, 2017 | 6:15 pm

काठमाडौँ, २८ वैशाख । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले २०७४ वैशाख २८ गते बिहिवार आफ्नो नवौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडलाई गाभ्दै विकास बैंकको नाम लुम्बिनी विकास बैकबाट देशब्यापी बैंकिङ सञ्जाल विस्तार गरी आफ्नो सेवा सुरु गर्ने अभिप्रायले अघि वढेको बिकास बैंकको चुक्ता पुँजी गाभिए पश्चात २ अर्ब ३७ करोड १८ लाख ७९ हजार ३३६ पुग्नेछ । गाभिए पश्चात कायम हुने चुक्ता पुँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद शेयर समेत निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेको समयसिमा भित्रै आफ्नो चुक्ता पुँजी २ अर्ब ५० करोड पुरयाउने गरी सो विकास बैंक अगाडि बढिरहेको कुरा बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

हाल बैंकको कुल निक्षेप रु. १५ अर्ब ६ करोड र कर्जा रु. १३ अर्ब ५६ करोड रहेको छ भने यस आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा २२ करोड खुद मुनाफा गर्न सफल भएको छ । त्यसैगरी, बैंकका ४४ शाखा र १२ ओटा एीटएम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *