भूकम्पपीडितका लागि सामुदायिक भवन

Post Date : May 4, 2016 | 3:02 pm

बनेपा, २२ वैशाख । भूकम्पपीडितका लागि काभ्रेपलाञ्चोकका सबै गाविसमा सामुदायिक भवन निर्माण गरिने भएको छ ।

सहरी विकास तथा भवन निर्माण मन्त्रालय, भूकम्प पुनःनिर्माण आयोजना केन्द्रीय कार्यान्वयन एकाइ मार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये यहाँका पीडितका लागि सामूहिक रुपमा बस्न सामुदायिक भवन बनाउन लागेको हो ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख अष्टलाल सुवालले पहिलो चरणमा चालु आवमा जिल्लाका १० गाविसमा सामुदायिक भवन निर्माण हुने जानकारी दिनुभयो ।

उहाँका अनुृसार एक सय ८३ फि लम्बाइ र साढे ३२ फिट चौडाइमा रहने त्यस्ता भवनमा १६ कोठा र महिला र पुरुषका लागि दुई दुई शौचालय समेत हुनेछन् । गत पुस २१ गते दैवीप्रकोप उद्धार समिति, काभ्रेपलाञ्चोकले जिल्लाका ३० गाविसमा त्यस्ता भवन आवश्यक भएको जनाई सहरी विकास तथा भवन निर्माण विभागमा अनुरोध गरेको थियो ।

जिल्लाको शिखरआम्बोटे, चौबास, कलातीभूमिडाँडा, च्यासिङ्खर्क, धुसेनी शिवालय, र¥याले, चलालगणेस्थान, बालुवापाटी देउपुर र फलामेटारका गाविस सचिवलाई पत्र पठाएर भवन निर्माण हुने स्थल खोज्न आग्रह गरिएको छ । कुनै गाविसबाट पनि भवन निर्माण हुने जग्गा भने फेला नपरेको सुवालले जानकारी दिनुयभो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *