मञ्जुश्री फाइनान्सको अवितरित हकप्रद शेयर लिलाम बढाबढ

Post Date : March 26, 2017 | 11:09 am

काठमाडौँ, १३ चैत । मञ्जुश्री फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनको लागि बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक तर्फ ९ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण समूहतर्फ ६९ हजार १६ कित्ता शेयरको लागि आवेदन नपरेकोले लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । शेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले २०७३ चैत २८ गतेदेखि २०७४ बैशाख ५ गतेभित्र बोलपत्र पेश गरिसक्नु पर्नेछ । शेयरको न्यूनतम प्रति शेयर मूल्या रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड तोकिएको छ ।

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमाससम्म ३ अर्ब १८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा निस्क्रिय कर्जा २ दशमलब ६३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७९ दशमलब ९३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *