मञ्जुश्री फाइनान्सको इटहरी र विराटनगरमा नयाँ दुई शाखा

Post Date : March 15, 2017 | 12:52 pm

काठमाडौँ, २ चैत । मञ्जुश्री फाइनान्स लिमिटेडले थप नयाँ दुई शाखा विस्तार गरेको छ । फाइनान्सले इटहरीको धरान रोड र मोरङको महेन्द्रचोकमा शाखा संचालनमा ल्याएको छ ।

दुवै शाखाको उद्घाटन मञ्जुश्री फाइनान्सका संचालक सुमनप्रसाद अधिकारी, चिन्तामणि गौतम, श्यामकृष्ण ढकाल र रविनराज देवकोटाले संयुक्त रुपमा गर्नु भएको छ ।

फाइनान्सले चालु आ.व.को दोस्रो त्रैमासिकसम्म ३ अर्ब १८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी २८ करोड ५७ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *