मञ्जुश्री फाइनान्सको नयाँ शाखा धरानमा

Post Date : June 27, 2017 | 12:42 pm

सुनसरी, १३ असार । मञ्जुश्री फाइनान्स लिमिटेडले सुनसरीको धरानस्थित महेन्द्रपथमा ९ औँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष दामोदरप्रसाद गौतमले गर्नु भएको छ । मञ्जुश्री फाइनान्सको नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, काठमाडौँको न्यूरोमा शाखा कार्यालय र नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको छ ।

फाइनान्सले ३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने हाल चुक्ता पूँजी ७२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *