मञ्जुश्री फाइनान्सको शाखा नेपालगञ्जस्थित सुर्खेत रोडमा

Post Date : March 20, 2017 | 11:32 am

काठमाडौँ, ७ चैत । मञ्जुश्री फाइनान्स लिमिटेडले नेपालगञ्जको सुर्खेत रोडमा स्थापना गरेको छ । यो बैंकको छैटौँ शाखा हो । शाखाको उद्घाटन मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले गर्नु भएको छ । फाइनान्सको मुख्य कार्यालय काठमाडौँको नयाँ बानेश्वरमा छ भने शाखा कार्यालय चितवनको नारायणगढ, काठमाडौँको न्यूरोड, रुपन्देहीको बुटवल, कैलालीको धनगढी, सुनसरीको इटहरी र मोरङको विराटनगरमा रहेको छ ।

मञ्जुश्री फाइनान्सले चालु आ.व.को दोस्रो त्रैमासिकसम्म ३ अर्ब १८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

फाइनान्सको हाल चुक्ता पूँजी २८ करोड ५७ लाख ४१ हजार रुपैयाँ छ । फाइनान्सले १ बराबर शून्य दशमलब ७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गी रकम संकलनको क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *