मञ्जुश्री फाइनान्सको हकप्रद शेयर पुनः बिक्री

Post Date : April 24, 2017 | 12:40 pm

काठमाडौँ, ११ वैशाख । मञ्जुश्री फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापकतर्फको शेयर पूर्ण रूपमा आवेदन नगरी बाँकी रहेको ५ लाख ३८ हजार ७ सय ७४ कित्ता शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । उक्त संस्थापक शेयर किन्न इच्छुक व्यक्ति कम्पनीले २०७४ वैशाख १७ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेडमा आवेदन दिन सकिनेछ ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिने पर्नेछ भने अधिकतम शेयर खरिद (बोलपत्रमा बिक्रीको लागि तोकिएको शेयर संख्या) गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *