मञ्जुश्री फाइनान्सले १४ प्रतिशत बोनस शेयर बाँड्ने

Post Date : September 30, 2016 | 9:54 am

काठमाडौं, १४ असोज । मञ्जुश्री फाइनान्स लिमिटेडको संचालक समितिको १३० औँ बैठकले १४ प्रतिशत बोनस शेयर र ०.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई बोनस शेयर वितरण गरिनेछ ।

बोनस शेयर वितरणपश्चात मञ्जुश्री फाइनान्सको चुक्ता पूँजी २८ करोड ५७ लाख रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *