मत्स्यपालनका लागि तीन करोड अनुदान बाँडिदै

Post Date : June 6, 2016 | 3:05 pm

विराटनगर, २४ जेठ । माछा उत्पादनमा मोरङ जिल्लालाई आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षमा रु तीन करोड अनुदान वितरण गरिने भएको छ ।

विशेष मत्स्यपालन कार्यक्रमअन्तर्गत सो रकम वितरण हुन लागेको जिल्ला कृषि विकास कार्यालय, मोरङले जनाएको छ ।

मत्स्यपालनका लागि पोखरी खन्न कृषकलाई रु तीन लाखका दरले अनुदान रकम उपलब्ध गराउन लागिएको जिल्ला कृषि विकास कार्यालय, मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार अनुदान रकम प्राप्त गर्ने कृषकको छनोट भइसकेको छ र जलाशयका निर्माण कार्य भइरहेको छ ।

यस जिल्लाका रङ्गेली, बवियाबिर्ता, मधुमल्ला, बेलवारी, हसनदह, अमाहवरियाती, कटहरीलगायतका गाविसमा जलाशय निर्माण भइरहेका छन् ।

पोखरी निर्माण सम्पन्न भइसकेपछि माछा उत्पादनमा ५०० मेट्रिक वृद्धि हुने अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *