मधेशवादी दललाई वार्तामा आउन काँग्रेस सभापतिको आग्रह

Post Date : April 14, 2016 | 5:09 pm

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशको सीमांकन हेरफेरका विषयमा मधेशवादी दलहरुले राखेका माग वार्ताका माध्यमबाट पूरा गर्न सकिने भन्दै मधेशवादी दलहरुलाई वार्तामा आउन आव्हान गर्नुभएको छ ।

मधेशवादी दलहरुले वार्तामा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई अस्वीकार गरेको भोलिपल्ट काँग्रेस सभापति देउवाले वार्ताका माध्यमबाट सीमांकन हेरफेरमा सहमति जुटाउन सकिने भन्दै अड्डी लिनुको साटो लचकतासाथ वार्तामा आउन आग्रह गर्नुभएको हो । भारतीय दूतावासले विहिवार काठमाडौमा गरेको कार्यक्रममा काँग्रेस सभापति देउवाले मधेशवादी दल र प्रमुख दलहरु सबै लचिलो भए सीमांकनको विवाद् वार्ताबाट टुंग्याउन सकिने बताउनुभयो । उहाँले हिमाल, पहाड र तराई सबै क्षेत्रका जनतालाई मान्य हुने गरी सीमांकन गर्न सकिने भन्दै त्यसका लागि दुई पक्ष आमनेसामने बस्न जरुरी रहेको बताउनुभयो ।

काँग्रेस सभापति देउवाले मधेशवादी दलका भावना सम्बोधन हुने गरी संविधान संशोधनका लागि काँग्रेस तयार रहेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *