महाकाली विकास बैंकलाई काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्राप्ति गरेकोे छ

Post Date : June 3, 2016 | 9:02 am

काष्ठमण्डप डेभलपमेन्ट बैंकले महाकाली विकास बैंक प्राप्ति गर्ने भएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको काष्ठमण्डप डेभलपमेन्ट बैंक र कन्चनपुरको महाकाली विकास बैंक “ख” वर्गको बैंक हो । बैंक प्राप्ति सम्झौता पत्रमा काष्ठमण्डप डेभलपमेन्ट बैंकका अध्यक्ष जगन्नाथ ज्ञवाली र महाकाली विकास बैंकका अध्यक्ष सुरेन्द्र कुमार जोशीले हस्ताक्षर गर्नु भएको छ । यी दुवै बैंक बीचको स्वाप रेसियो १ बराबर १ नै हुनेछ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर समेत जारी गरी आगामी पुसभित्र बैंकको चुक्ता पूँजी एक अर्ब ८० करोड रुपैया पुरयाउने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *