महाकाली विकास बैंक र बुम रेमिट्यान्सबीच सम्झौता

Post Date : February 18, 2017 | 11:05 am

काठमाडौँ, ७ फागुन । महाकाली विकास बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स फागुन ५ गतेलेिद फागू हुने गरी भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा महाकाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विदुरमान सिंह बस्नेत र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम बैंकका सबै शाखाबाट भुक्तानी गरिनुको साथै बुम रेमिट सफ्टवेयरबाट आन्तरिक रेमिट्यान्स भुक्तानी गरिनेछ । नेपालको ७५ जिल्लामा बुम रेमिटको ४ हजार १ सय ५० भन्दा बढी प्रतिनिधि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *